बीचबजार चोकमा शंखधर साख्वाको सालिक

70

 

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा  राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक राखिएको छ । सालिकसँगै सर्वसाधारणका लागि कलात्मक ढुंगेधारा निर्माण गरिएको छ ।

स्थानीय दाताहरूबाट सङ्कलित रकमको सहयोगमा स्थापना गरेको धारा र सालिकको नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले अनावरण गर्नुभयो । राष्ट्रिय विभूतिको सम्मान र जनमनमा विभूति स्थापित गराउने उद्देश्यले जिल्ला सदरमुकाम धादिङ बेसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बिच बजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो ।  चौतारोमा विश्राम स्थल र गणेश मन्दिर पनि पुन निर्माण गरिएको छ । गाउँ गाउँबाट सदरमुकाम आइपुगेकाहरू बस्ने चौतारो परिसरमा बनेको सालिक, ढुंगेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ ।

स्थानीय दाताहरूबाट सङ्कलन भएको तीन लाख ७५ हजार, बिच बजार टोल सुधार समितिको कोषमा रहेको एक लाख ९४ हजार तीन सय गरी कुल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुंगेधारा र विश्राम स्थलको संरचना निर्माण पुरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

चौबिसै घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुंगेधारा निर्माण गरिएको छ । भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक निर्माण गरिएको उनले बताए । चौतारो, ढुंगेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ  । मुरारी अधिकारी, गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here