काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले न्यारोबढी जहाजको असोज महिनाको पूरा किस्ता र वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।
निगमले यसअघि असारसम्मको तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार २२५ रुपैयाँ किस्ता भुक्तानी गरेको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लागनी कोषबाट दुई न्यारो बढी र दुई वाइडबडी जहाज खरिद गर्न ऋण लिएको थियो ।
निगमले आन्तरिक स्रोतबाट तीनवटा जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

















