क्यान्सर पीडित विकास महर्जनको स्वास्थ्यमा सुधार

78

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

करिब एक बर्ष अगाडि पेटको मलाशयमा क्यान्सर पीडित भएर काठमाडौं मोडेल हस्पिटलमा उपचार गराउँदै आइरहनु भएको विकास महर्जनले आर्थिक अभाव भएपछि सहयोगका लागि अनुरोध गरेका थिए ।

उनका अनगिन्ती शुभचिन्तकहरूको माया, सहयोग साथको परिणाम स्वरूप स्वास्थ्यमा सुधार आएता पनि पुनः निको तथा थप उपचार गर्न बाँकी रहेको छ ।

मलाशयमा क्यान्सर रोग लागेका विकास १६ दिनको सफल उपचार पश्चात असोज २८ गते स्वास्थ्यमा सुधार भएकाले आइतबार घर फर्केका हुन् ।

उनका भाई अनिल महर्जनका अनुसार अबकाे तीन महिना पछि पुनः अपरेशन गर्नु पर्ने बेलामा सबैको सहयोग रहने आशाका साथै स्वास्थ्य उपचार गर्न माया गरी सहयोग गर्नु हुनेप्रति धन्यवाद दिदै म र मेरो दाईको मनमष्टिकमा अविस्मरणिय रहने जनाउनु भयाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here