काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् ।
रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।
इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।
७ अक्टोबरमा १४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक समेत बनाएको थियो । उनीहरुमध्ये दुई अमेरिकी नागरिकलाई केही दिन पहिले हमासले रिहा गरेको थियो ।


















