दाङ । दाङमा थारू समुदायले दसैं मनाएका छन्। थारू समुदायले यस वर्षको बडादसैं नवमीको दिन सेतो टीका लगाएर हर्षोल्लासका साथ मनाएका हुन्।
बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलनअनुसार दाङका थारूहरूले टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मनाएका छन्।
थारूको परम्पराअनुसार दसैंको अघिल्लो दिन सेतो चामलको पीठोको टीका लगाएर मनाइएको मुख्यमन्त्री चौधरीले बताए।


















