काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ ।
६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।