गाजाका अस्पतालको अवस्था दयनीय

40

एजेन्सी । प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।

इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको जनाइएको छ ।

अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरू बन्द गर्ने अवस्था रहेको अल नज्जर अस्पतालका कर्मचारी समीर अल जाबले जनाए ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरबाट विद्युत् चलाइएको छ । तर, जेनेरेटरले जम्मा दुई घण्टा मात्रै धान्ने जनाइएको छ ।

अस्पतालका कर्मचारीका अनुसार आफूहरूसँग जम्मा २ हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्णरूपमा बन्द हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here