सन्दीप लामिछाने कप्तानीमा १५ सदस्यीय टोली घोषणा

65

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here