आज सुनचाँदीको मूल्य बढ्याे

65

काठमाडौं । आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ । बुधबार एक लाख १५ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १४ हजार ४५० रुपैयाँमा तेजावी सुन र १ हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here