क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रह

46

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ।

क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो।

सेमिफाइनल खेलका लागि टिकट आईएमई–पेबाट खरिद गर्न सकिनेछ। क्यानले सेमिफाइनलका लागि मैदानमा टिकट बुथ नराखिने भएकाले आईएमई–पेबाट नै टिकट काट्न भनेको छ।
क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रहसमेत गरेको छ।

सेमिफाइनल खेलका लागि क्यानले पास वितरण नगर्ने भएकाले घरमा नै बसेर खेल हेर्न आग्रह गरेको हो। त्यस्तै, भीआईपी र भीभीआईपी पास पनि सबै रद्द गरिएको क्यानले जनाएको छ।

‘नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्यूहरूलाई समेत मूलपानी मैदानको नेपाल र यूएईबीच हुने सेमिफाइन खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौं,’ क्यानले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here