अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

57

काठमाडौं ।  विक्रम सापकोटा निर्देशित नेपाली कथानक चलचित्र ‘हल्कारा’ अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ।

अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा २२ कात्तिकदेखि १७ मंसिरसम्म हुन लागेको फेस्टिभलमा यो फिल्म छनोट भएको हो। यो चलचित्र अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालबाट छनोट भएको थियो।

यसअघि ‘अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टन’मा फिल‍्मका अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेका थिए। त्यसैगरी सर्वोत्कृष्ट  चलचित्र  र छायांकन विधामा पनि चलचित्रले समेत अवार्ड जितेको थियो।

चलचित्रमा चुठीयुगमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अवस्था चित्रण गरिएको छ। चलचित्रमा मुख्य भूमिका अभिनेता महेश त्रिपाठी र अभिनेत्री विनिता थापामगरले निर्वाह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here