एटिएम मेसिन तोडफोड गरेको आरोपमा भारतीय पक्राउ

34

कास्की ।  पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा १ जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १  थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here