तिब्बतका सचिव चुनचङ र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेट

34

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन्।

सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन्।

गत कार्तिक २२ गते बुधवार नेपाल भ्रमणमा आएका उनले यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका छन् ।

उनले शिष्टाचार भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतिहरु कार्यान्वयनमा जोड दिनु रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here