काठमाडाैंकाे एक घरमा आगलागी

35

काठमाडौं । पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जनाए।

आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको उनले जनाए । आगलागीको कारण खुलिसकेको छैन ।

क्षति विवरण पनि आइनसकेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here