सिद्धार्थ बैंककाे साधारणसभा मंसिर ५ गते

54

काठमाडौं । सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर ५ गते बालुवाटारमा साधारणसभा डाकेको हो।

सभाले लाभांशका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ। सेयरधनीले ५९ करोड रुपैयाँ पाउने छन् ।

बैंकले यसबाहेक उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने एजेण्डा पनि लैजाँदैछ ।

कात्तिक २० गतेसम्म बैंकका कायम सेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here