जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि मेडिकल टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि मेडिकल टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो ।
बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवा टेन्टबाट दिन थालिएको छ । स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सवै सेवा टेन्टबाट दिन थालिएको बारेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले जानकारी दिए । सो मेडिकल टेन्ट युनिसेफले उपलव्ध गराएको हो ।
भेरी नगरपालिकामा ८, नलगाड नगरपालिकामा ५, शिवालय गाउँपालिकामा ३ ,छेडागाडमा ५, बारेकोटमा ४ वटा कुशे गाँउपालिकामा १३, जुनीचादे गाँउपालिकाम ११ वट गरी ६० वटा भवन आंशिक क्षति भएको खत्रीले जानकारी दिए ।
बारेकोट गाँउपालिका स्थित प्रस्तावित आधारभुुत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ् सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाँउपालिका ३ की सुनिता वस्तेत सुत्केरी व्यथा लागेर प्रस्तावित आधाभूत अस्पताल आउनु भएकी बस्नेतले टेन्टमै छोरीको जन्म दिएकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।


















