काठमाडौं । नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित भएको छ।
हङकङमा जारी चार देशीय महिला टी-ट्वान्टीआई सिरिजमा बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै ५६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाउन सफल भएको हो।
हङकङका लागि नतासा माइल्सले ३०, सन्जिन सहजादले २० तथा मारिको हिलले ५ रन बनाए । हिललाई नेपालकी कप्तान इन्दु बर्माले रनआउट गर्नुबाहेक बलरहरु विकेटबिहिन रहे ।
यसअघि नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
हङकङका लागि इक्रा सहरले ३ र रुचिता भेंकटेसले २ विकेट लिए । बुधबार पहिलो खेलमा तान्जानियासँग २७ रनले नेपाल पराजित भएको थियो।


















