अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन बन्याे

57

अहमदावाद । भारतलाई हराउँदै अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन बन्न सफल भएकाे छ ।

आइतबार भारतकाे अहमदावाद नरेन्द्र मोदी स्टेडियममा भएकाे फाइनलमा अस्ट्रेलियाले हात पारेको ६ विकेट  जित हात पार्न सफल भयाे ।

खेल अगाडिको ५०/५० को स्थिति टसपछि त्यसलाई जित्ने टिमको पक्षमा ६०/४० हुन्छ । फाइनलमा पनि त्यस्तै भयो । टस अस्ट्रेलियाले जितेको थियो र कप्तान प्याट कमिन्सलाई पहिले बलिङ गर्ने निर्णयका लागि धेरै सोच्नै परेन् ।

अहमदावादको पिचमा खेल जति अगाडि बढ्दै गयो, उति ब्याटिङका लागि सजिलो हुने खालकै थियो । अनि बेलुका छाउने शीतले दोस्रो पल्ट बलिङ गर्ने टिमलाई मार पर्ने निश्चित थियो । आखिरमा त्यस्तै भयो, अस्ट्रेलियाले पहिले बलिङ गर्ने निर्णय सटिक सावित भयो ।

हेडको क्याच

क्रिकेटमा एउटा खास ‘क्याच’ ले पूरा खेललाई निर्देशित गर्न सक्छ । भारतीय कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाइसकेका थिए, त्यसमा चार चौका र तीन छक्का सामेल थियो । टिम आफैंमा बलियो स्थितिमा देखिएको थियो, १० ओभरभित्र एक विकेट गुमाएर ७६ रनमा । त्यही बेला उनले अफ-साइडमा एउटा लामो प्रहारको प्रयास गरे ।

तर ट्रेभिस हेडले कभरमा पछाडिबाट दौडेर डाइभ मार्दै उत्कृष्ट क्याच लिए । यो यस्तो एउटा क्याच थियो, जसले पूरा खेलको दिशालाई निर्देशित गरेको थियो ।

भारतको पुर्नआगमन प्रयास

Jasprit Bumrah nicked off Mitchell Marsh with a short and wide ball, India vs Australia, Men's ODI World Cup final, Ahmedabad, November 19, 2023

भारतसामु आफूले बनाएको २४० रनको रक्षा गर्नु थियो र अस्ट्रेलियाले एक समय त्यसको जवाफमा एक विकेट गुमाएर २७ बलमै ४१ रन बनाएको थियो । तर, जसप्रित बुमराह र मोहम्मद सामीले एकआपसमा विकेट लिंदै अस्ट्रेलियालाई तीन विकेटको क्षतिमा ४७ रनमा खुम्च्याए ।

स्टिभ स्मिथ एकै रनमा एलबीडब्लू आउट भए । अस्ट्रेलियाले ‘रिभ्यु’ लिने आँट पनि गरेन् । धेरैलाई लागेको थियो, अब भारतले खेलमा पुर्नआगमन गर्छ । तर होइन्, त्यस्तो केही पनि भएन् । भारतलाई किनारा लगाउने काम गरे, ओपनर हेड र मार्नस लबुसचेनले ।

लबुसचेनको अन्तिम हाँसो

Marnus Labuschagne got into his groove gradually, India vs Australia, Men's ODI World Cup final, Ahmedabad, November 19, 2023

खेल तनावपूर्ण स्थितिमा हुँदा लबुसचेन र विराट कोहलीबीच भनाभनको स्थिति पनि बनेको थियो । जति बेला उनी ३४ रन बनाएर खेलिरहेका थिए, बुमराहले गरेको एलबीडब्लू अपिलमा बचे । ‘अम्पायर्स कल’ ले उनलाई जोगाएको थियो । त्यसपछि त उनले ५८ रन बनाए र नटआउट रहे । उनले नै त हो, हेडसँग निर्णायक सावित १९२ रनको सझेदारी गरेको । अन्त्यमा हाँस्ने पालो लबुसचेनकै रह्यो ।

हेडको शतक

र, फाइनलका सबैभन्दा ठूला नायक त हेड नै रहे । प्रतियोगिता सुरु हुन अगाडिसम्म उनले विश्वकप खेल्ने अथवा नखेल्ने टुंगो थिएन । उनको हातमा चोट थियो । दक्षिण अफ्रिकामा उनले यो चोट बोकेका थियो र त्यस्तै स्थितिमा भारत आइपुगेका थिए । तिनै हेडले विश्वकप फाइनल इतिहासकै सातौ शतक बनाए ।

उनको १३७ रन १२० बलमा निस्केको थियो । यसमा १५ चौका तथा चार छक्का सामेल थियो । अस्ट्रेलिया जितिसकेपछि उनले भने, ‘आजको दिन कति धेरै अद्वितीय रह्यो । यसमा लागि म निकै खुसी छुं । घरमा बसेर टीभीमा विश्वकप हेर्नुभन्दा खेल्नु नै धेरै राम्रो थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here