कावासोती । लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रुपमा मगर समुदायको सबैभन्दा महत्वपूर्ण कौरा नाच लोप हुँदै गएको छ । यसको जगेर्ना गर्न भन्दै अहिले मगर समुदायका युवाहरु कम्मर कसेर लागेका छन् ।
मगर जातिको सबैभन्दा रमाईलो र महत्व झल्कने नाचको रुपमा लिईने कौरा नाच अहिले मगर गाउँबस्तीबाट विस्थापति भै सहर पस्न थालेपछि यो नाच नै लोप हुन्छ कि भन्ने चिन्ताले यसको संरक्षण र जगेर्ना गर्दै कौरा नाचप्रति आर्कषण बढाउन विशेषगरि युवा लागि परेका बुलिगँटारका भबिलाल रानामगरले बताउनुभयो ।
नवलपरासी पूर्वको गैँडाकोट, नगरपालिका, बुलिगंटार, बौदीकाली, हुप्सेकोट, बिनयीत्रिवेणी गाउँपालिकमा मगर जातीको बाक्लो बस्ती छ । यस जिल्लामा बाहुन, क्षेत्री सँगसँगै मगरको बाहुल्यता छ र यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरहरुको विशेष नाचका रुपमा लिईने गरिन्छ तर झाम्रे र मारुनी नाचभन्दा पनि कौरा नाच बढी प्रचलनमा आएकाले पनि मगर बस्तीमा यसको महत्व बढेको बुलिँगटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुभयो ।
मगर जातीलाई चिनाउने र मगरको पहिचानको महतवपूर्ण अंग र परापूर्व कालदेखि प्रचलनमा आएको कौरा नाचको जगेर्ना आवश्यक भएको बुलिंगटार ४ का मेत्र बहादुुर घर्ती मगरले बताउनुभयो । अहिले पहाडी क्षेत्रका विशेषगरि युवा कौरा नाच को संरक्षणका लागि जुटेका छन् भने यसका लागि कोष नै खडा गरेर हरेक गाउँगाउँमा नाच गान गरेर यसको दिगो संरक्षणका लागि लागेका स्थानीय यम बहादुर सारु मगरले बताउनुभयो ।
मगर जातीको संस्कृती, भेषभूषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महत्व झल्कने गरि अहिले लोप हुुन लागेको कौरा नाच, झाम्रे नाच र मारुनी नाचको सरंक्षणका लागि अघि बढेको मगर समुदायका अगुुवा मध्यबिन्दु नगरपालिकााका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानामगर बताउनुहुन्छ ।
लोप हुुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र सरंक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको विकास अझै बढ्न सक्ने बौँदीकाली गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मानबहादुर सारुले बताउनुभयो ।
















