फिफा विश्वकप छनोटमा अर्जेन्टिनासँग ब्राजिल स्तब्ध

75

काठमाडाैं  ।  फिफा विश्वकप २०२६ छनोटअन्तर्गत ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १-० गोल अन्तरले पराजित भएको हो ।

अर्जेन्टिनाको तर्फबाट निकोलस ओटामेन्डीले एकमात्रै निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा गरेका हुन् ।
खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । अर्जेन्टिनाका डी पललाई हातले धकेलेपछि ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।

खेल सुरु हुनुअघि समर्थकबीच कुटाकुट भएपछि केहीबेर स्थिति तनाबग्रस्त बनेको थियो । यसका कारण खेल शुरू हुन केही ढिलाइ भएको थियो ।

विश्वकप छनोटमा अर्जेन्टिना ६ मध्ये पाँच जितसहित शीर्ष स्थानमा छ भने ब्राजिल दुई जितसहित छैटौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here