उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलामी एफसीब प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेलमा भिड्न लागेका साविक च्याम्पियन काठमाडौं र नयाँ टोली इलामको तथ्यांक यस्तो छ –
२. काठमाडौंले पहिलो संस्करणको एनएसएलमा पनि उद्घाटन खेल खेलेको थियो । त्यसमा काठमाडौंले ललितपुर एफसीलाई १-० ले हराएको ।
४. काठमाडौं र स्पोर्टिङबीचको यो पहिलो खेल हो । एकआपसमा दुई टोली पहिलोपल्ट भिड्दै छन् ।
५. काठमाडौंले अहिलेसम्म नौ खेल खेलेको छ । त्यसमा लिग चरणका छ र त्यसपछिको चरणका तीन खेल रहेका छन् । काठमाडौं प्रतियोगितामा सार्वधिक खेल खेल्ने टिम हो ।
६. काठमाडौंले अहिलेसम्म खेलेका नौ खेलमध्ये ६ मा विजयी, १ मा बराबरी र २ मा हार रहेको छ । काठमाडौंका दुवै हार धनगढी एफसीविरुद्ध रहेको छ ।
७. यी नौ खेलमा काठमाडौंले १४ गोल गरेको छ भने १० गोल खाएको छ ।
८. स्पोर्टिङविरुद्ध काठमाडौंका खेल उसको दसौं खेल हुनेछ ।


















