राजावादी दुर्गा प्रसाईं आफ्नै घरमा परे ‘नजरबन्द’मा

77

काठमाडौं । गणतन्त्रविरोधी तथा राजावादी दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’मा परेका छन्।

आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी भक्तपुरस्थित घरबाट निस्कन नदिइएको हो।

सामाजिक सद्‌भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।

स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here