उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

34

मोरङ । उदयपुरमा बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शनिबार त्रियुगा नगरपालिकास्थित अन्नपूर्ण सेकेण्डरी बोर्डिंग स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस त्रियुगा–७ स्थित देउरीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरी, ७ वर्षीया बालिका संज्ञा चौधरी र ६ वर्षीय बालक विकास चौधरीको मृत्यु भएको छ।

प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार ४० जना सवार विद्यालयको बस वनभोजका लागि हिँडेको थियो। ओरालो मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको चौधरीले बताए। उनले घाइतेमध्ये १२ जनालाई विराटनगर उपचारका लागि पठाएको जानकारी दिए।

त्यसैगरी, बाँकी २५ जनाको उपचार भने स्थानीय स्वास्थ्यचौकीमा भइरहेको उनले बताए। दुर्घटनबारे प्रहरीले अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here