काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ ।
पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ ।
सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरुलाई आमन्त्रण गरिएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनमा बोलाइएको छ ।
उपसभापति भुवन श्रेष्ठले राजनीतिक, सांगठनिक महामन्त्री विक्रम खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रंकाश रानाले पेश सहमहामन्त्री निमा गिरीले जानकारी दिइन् । सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् ।


















