सात चेलीको उद्धार

64

कपिलवस्तु । मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था मध्येको एक शान्ति पुनर्स्थापना गृह पनि हो।

कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट शान्ति पुनर्स्थापना गृहका कपिलवस्तु संयोजक बसन्ती जिसी सहितको ३ जनाको टोलीले ७ जना चेलीहरु भारत हुँदै तेस्रो मुलुक जाने सुचनाका आधारमा नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको छ।

बुटवलबाट नेपालगन्ज हुदै भारत भइ ओमान तथा कुबेत जान लागेको शान्ति पनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराईले सूचना पाए सो सूचना उहाँ ले पीआरसी का कपिलवस्तु संयोजक बसन्ती जिसी लाई दिन साथ उद्धार गर्ने कार्य अगाडि बढाइयो।

शान्ति पनर्स्थापना गृह चन्द्रौटा आफिसको सहयोग लिई नेपाल प्रहरीको सहयोगमा बसन्ती जिसीले ती सात चेलीलाई उद्धार गर्न सफल भइन्।

उद्धार गरिएक सात जना महिलाहरु उदयपुर जिल्लाकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि सात जना रहेकी छन्।

उनीहरु संग सोधपुछ गर्दा भारतको दिल्ली हुदै एक जना ओमान तथा अन्य छ जना दिल्ली हुदै कुबेत जान लागेको रहस्य खुलेको तथा उक्त घटनामा संलग्न अन्य व्यक्ति हरूको प्रहरीको सहयोगमा खोज तलास गर्ने शान्ति पनर्स्थापना गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here