रुसी सेनामा रहेका ४ जना नेपालीको ज्यान गुम्याे

30

एजेन्सी । रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु भएको छ। रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई यसबारे जानकारी गराएको हो।

यसबारे दूतावासले गत मंसिर ८ गते नै कन्सुलर विभागलाई जानकारी गराएको हो।

दूतावासका अनुसार रुसी सेनाामा कार्यरत रही ज्यान गुमाउने नेपालीमा स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन्। उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले जानकारी गराएको हो। दूतावासले गराएको जानकारीअनुसार रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलियाको भने गत असार २९ गते नै निधन भएको छ। उनीसहित पछिल्लो समयमा रुसी सेनामा रहेका ४ जना नेपालीको ज्यान गुमेको हो।

रुसी सेनाले सबैको डेथ सर्टिफिकेट पनि दूतावासमा पठाएको थियो। उनीहरुको मृत्यु युक्रेन युद्ध वा अरु कुनै कारणले भएको हो भन्ने खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here