काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।
रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए ।
उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।
अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे ।


















