१ करोड ७९ हजार कित्ता बाेनस सेयर सूचिकृत

103
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बाेनस बापतकाे १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे चैत्र २१ गते सोमबार सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here