फिफा वरियतामा नेपाल दुई स्थान तल

63

काठमाडौं । नेपालको पुरुष फुटबलको फिफा वरियतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनीक गरेको वरियता अनुसार दुई स्थान तल झरेको हो ।

फिफा बिहीबार जारी वरियता अनुसार नेपला १ सय ७५ औं स्थानमा छ ।

यसअघिको नेपालको वरियता १ सय ७३ औं स्थानमा रहेको थियो । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा यूएई र यमनसँग लगातार पराजय भोगेको नेपालको वरियता समेत घटेको हो ।

दक्षिण एसियामा नेपाल भन्दा माथि रहेको भारत १ सय २ औं स्थानमा, अफगानिस्तान १ सय ५८ औं स्थानमा र माल्दिभ्स १ सय ६१ औं स्थानमा छन् । नेपाल भन्दा तल रहेको बंगलादेशको १ सय ८३ औं स्थानमा, भुटान १ सय ८४ औं स्थानमा, पाकिस्तान १ सय ९५ औं स्थानमा र श्रीलंका २ सय ४ औं स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् । इङ्ल्याण्ड विश्व वरियताको तेस्रो स्थानमा उक्लिदा बेल्जियमले समेत चौथौं स्थानमा आफुलाई राखेको छ ।

विश्वकप छनोटमा लगातार तीन हार ब्यहोरेको ब्राजिल पाँचौं, नेदरल्याण्ड्स छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, इटाली नवौं र क्रोएसिया दशौं स्थानमा रहेकाे  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here