हृदयाघातका कारण वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन

73

काठमाडौं । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए ।

थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् । उनले खेलाडीको भूमिकामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका थिए ।

उनी सन् १९७१ मा जापानमा यू–१९ एशियन च्याम्पियनसिप खेल्ने टोलीका प्रभावशाली सदस्य थिए ।  थापाले महावीर,एनआरटीलगायतका विभिन्न क्लबबाट पनि फुटबल खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here