नेपालबाट आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज सुरु हुने

85

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज आगामी फेब्रुअरीमा नेपालबाट सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी १७ फेब्रअरी (५ फागुन) बाट विश्वकप लिग २ का खेलहरु सुरु गर्ने छ।

पहिलो सिरिजमा नेपालले घरेलु मैदानमा विश्वकपको अनुभव बटुलेको नेदरल्यान्ड्स र नामिबियालाई स्वागत गर्ने छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरजमा नेपालले बलिया टोली विरुद्धको खेलबाट आफ्नो अभियान सुरु गर्ने छ।

लिग २ को यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अनुसार यो संस्करणमा ८ देश सहभागी हुने छन्। पहिलो संकरणमा ७ देशको सहभागिता रहेको थियो।

सुपर लिगमा पुछारमा रहेको नेदरल्याण्ड्स यो साइकलमा थपिएको हो। त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here