काठमाडौं । पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव सदगद् (व्यवस्थापन) गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–८ घर भई भएका खरेललाई पक्राउ गरेर बलात्कार कसुरमा मुद्दा चलाइएको हो।
खरेलले गत कात्तिक २३ गते ४ वर्षीया बालिकाको मुखमा ‘सेक्स’ गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पिंगलास्थानस्थित एक पसलको शौचालयमा खरेलले ती बालिकालाई बलात्कार गरेको बताइएको छ।
पिंगलास्थानको एक पसलमा मदिरा सेवन गरेका खरेलले खेल्दै गरेकी ४ वर्षीया बालिकालाई समातेर जबरजस्ती उनको मुखमा लिंग छिराएर बलात्कारर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
खरेलले समेत बयानमा उक्त कुरा स्वीकार गरेका छन्। कात्तिक २३ गते दिउँसो २ बजेतिर पिंगलास्थानमा पोर्न भीडियो हेर्दै आफूले मदिरा सेवन गरेको खरेलले बताएका छन्। सो क्रममा पिसाब फेर्न शौचालय जाने क्रममा शौचालय अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको उनले बयानमा स्वीकारेका छन्।
‘म पोर्न भीडियो हेर्दै मदिरा पिइरहेको थिएँ। सोही क्रममा पिसाब फेरेर बाहिर निस्किँदा निर्वस्त्र भएकी बालिका देखेँ। उनलाई शौचालयमा बोलाउँदा आइनन्। त्यसपछि मैले उनको हातमा समातेर शौचालय भित्र लगेँ र चुकुल लगाएँ। त्यसपछि बालिकाको मुखमा आफ्नो लिङ्ग छिराएँ। त्यसपछि बालिका कराउन थालेपछि उनलाई छाडिदिए,’ खरेलले बयानमा भनेका छन्।
प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर खरेलमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकेर प्रहरीले पठाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासमा खरेलको अहिले बकपत्र भइरहेको छ। खरेलले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय मागदाबी गरिएको छ।

















