प्रधानमन्त्री प्रचण्ड मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा

73

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश पुगेका छन् ।

उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश पुगेका हुन् ।

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी गराए।

पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण हुने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here