जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश पुगेका छन् ।
उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश पुगेका हुन् ।
पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण हुने उनले जनाए ।


















