काठमाडौं । ३२औँ अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशको काठमाडौले जितेको छ । काठमाडौँले बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै उपाधि चुमेको हो ।
जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौंले १५.५ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । काठमाडौंका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए । कास्कीका बलर युवराज भण्डारीले दुई विकेट लिए । काठमाडौँका भुपराज पाठक प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार र उपविजेता टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सुनिल रानामगर प्रतियोगिताको प्लोयर अफ दी सिरिज घोषित भए । पुरस्कार वितरण समारोहमा नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको धारणा ब्यक्त गरे ।


















