प्रीति र दीपाले आई लिग खेल्ने

44

काठमाडाैं ।  नेपाली महिला राष्ट्रिय टोलीका थप दुई खेलाडीले भारतीय महिला लिग आइलिग खेल्ने भएका छन् ।

राष्ट्रिय फुटबल टोलीको मिडफिल्डरद्वय प्रीति राई र दीपा शाहीले पहिलो पटक महिला आइलिग खेल्ने भएका हुन् । उनीहरु दुवै किकस्र्टाटबाट महिला आइ लिग खेल्नेछन् ।

उनीहरु किकस्र्टाटमा आवद्ध भएसँगै यस सिजनको आइ लिग खेल्ने नेपाली महिला खेलाडीको संख्या चार पुगेको छ । गोल रक्षक एन्जिला तुम्बाप्पो सुब्बा र गीता राना आइ लिगका भारत पुगिसकेका छन् । उनीहरु दुवै सेथु एफसीमा आवद्ध भएका थिए । प्रतियोगिता डिसेम्बर ८ बाट सुरुहुनेछ ।

प्रीति र दीपा नेपालमा दुई विभागीय क्लवबाट ब्यवसाहिक फुटबले खेलेका छन् । प्रीति एपीएफ तथा दीपा त्रिभुवन आर्मीबाट खेल्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here