काठमाडाैं । भाषा नियमावली बनाउने बारे छलफल बाग्मती प्रदेश संसदले पारित गरि प्रकाशित गरेको भाषा सम्वन्धि ऐन कार्यान्वयनका लागि नियमावली बनाउने सवालमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनसंग नेवाः देय् दबूका प्रतिनिधिहरुले छलफल गरेका छन् ।
बाग्मती प्रदेशको राजधानीस्थित मन्त्रालयमा नै पुगी नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जन र बाग्मती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनले मन्त्री महर्जनसंग छलफल गरेका हुन ।
सो क्रममा अव चादै नै नियमावली बनाउनका लागि र कसरी भाषा ऐनलाई लागू गर्ने भन्ने विषयमा सरोकारवालाहरुलको सहभागीताम गोष्ठी गर्ने बारे छलफल भएको स्वनिगः विशेषका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनु भयो ।
मंगवार भएको उक्त छलफलको क्रममा अव प्रदेशको संसद संचालन हुने समयमा भाषा विधेयक पारित गरिको उपलक्ष्यमा विशेष कार्यक्रम प्रदेश राजधानी हेटौंडामा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, वाग्मती प्रदेश र नेपाल तामाङ घेदुङको संयोजनमा प्रदेशका आदिवासी जनजातिहरुको तर्फवाट संयुक्त रुपमा धन्यवाद सभा तथा ¥याली गर्ने बारे पनि छलफल भएको महर्जनले बताएका छन् ।
सो कार्यक्रममा प्रदेशका मुख्य मन्त्री, मन्त्रीदेखि सांसदहरुलाई समेत धन्यवाद ज्ञापन गर्ने समेत बताइएको छ ।


















