संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माण गर्न असहमत : सभामुख घिमिरे

52

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्‌को आगामी अधिवेशनमा पारित हुने बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित १५औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्‌को आगामी अधिवेशनबाट पारित हुने बताएका हुन्।

सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे।

उनले भने, ‘संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंग्याउने अधिकार जनताको सार्वभौम सत्ता सम्पन्न माननीय सदस्यज्यूहरु रहनुभएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको हो। यसलाई टुंग्याउने अधिकार उहाँहरुले राख्नुहुन्छ। उहाँहरुले यसको गरिमालाई बुझ्नुभएको छ । र, बुझेर छलफल गरिरहनुभएको छ। मलाई विश्वास छ, संसद्‌को आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरुले सफलता हासिल गर्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here