इरानमा १३ हजार २०४ अफगान आप्रवासी निष्कासित

29

काबुल ।  इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने बताएका छन्
पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।

हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गर्नुभएको थियो ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन्। राससरएएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here