काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-३ बस्ने रामु मुखियाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो छिमेकमा फैलिएर मुखिया समेत ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब १८ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-३ बस्ने शिब सेडाईको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















