हिमालयन रि-इन्स्योरेन्सकाे आईपीओ जारी गर्न बाटो खुल्याे

64

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न बाटो खुलेको छ ।

हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने मागसहित हरिबहादुर केसीले २२ मंसिरमा उच्च अदालतमा रिट दर्ता गराएका थिए ।

हिमालयन रि-इन्स्योरेन्सले बुधबारदेखि अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्दैछ ।

यसअघि सर्वोच्च अदालतमा दर्ता भएको यस्तै प्रकृतिको रिटमा पनि अन्तरिम आदेश जारी भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here