पवित्र तीर्थ : थाम्बहाल

112
-प्रशान्त महासागर
कीर्तिपुरको सम्मानित पवित्र भूमी थाम्बहाल जहाँ गंगाजल पाईन्छ । समय र परिवेश परिस्थिति त्यो पुरिएको छ । दु:ख त्यसैमा छ । पवित्रभूमीको संरक्षण हुनुपर्नेमा त्यसलाई बाधा मान्नु दु:खपुर्ण विचर हो । आमाबुबा पाल्न नसकेर विष दिने संस्कार हामीले जिवित बनाउनु हुन्न । बृद्धाश्रममा पनि राख्नुहुन्न । हामीले त्यसरी बुझ्नुपर्छ । सिँगार गर्नुपर्छ संरक्षण रक्षाको दायित्व बहन हुनुपर्छ । हामी सन्तति हौं । हाम्रो रगतमा पाप छैन् भन्न पनि सम्पदाको रक्षा गर्नुपर्छ । सायद ती त्यस्ता रक्षाले के दिन्छ सोच्न सिकिइयो वा थालिईयो भने हामी कीरा सरि नै हौं । हामीले खाने अन्न उर्जा हुनुपर्छ अन्नले सोच्ने छैन् । सराप लाग्छ पाप देख्छ नै । अत: ढोग्न लायक माटोको संरक्षण गरौं ।
कीर्तिपुरमा पवित्र तीर्थकै रुपमा व्याख्या हुनुपर्ने प्रथम एवम् गहन ग्वा: पुखू नै हो । त्यसमा गंगाजल छ । गंगाजल लिन मनुष्य कैलाश पुग्छन् । कुराले अर्को अर्थ नलागोस् नारायण उच्चारणको बखत गंगाजल मुखमा परोस् । त्यसको लागि हामीले हाम्रो सामार्थ्य प्रयोग गर्नुपर्छ । बुद्धिलाई ज्ञान बनाएर प्रचार गर्नुपर्छ । यो हाम्रो जन्मभूमी कीर्तिपुरको ऋणबाट मुक्त हुने पहिलो कर्तव्य हो । त्यस्तै मृत्यु संस्कारमा पुज्यनीय स्थानहरूको संरक्षणमा जुट्नु मुक्ती रोज्नु हो । जीवनले जन्म लिएपछी त्यसको मुक्तिको लागि सदा सचेत हुनु लोभ स्वार्थबाट जीवन सुरक्षित बनाउनु हो । त्यो बाँचेको छु महसुस गर्न पनि हो भने एकबारको जीवनलाई मारी मारी रेटि रेटि रम्नु जीवन होईन् । अत: त्यस्तो स्थान हाम्रा जननी जन्मभूमीको पवित्र पुज्यनिय अंग हुन् त्यसको शोषण बलात्कार स्वार्थले खोज्नुहुन्न । सत्ता र शक्ति छ भन्दैमा आमाको चित्कारमा रम्नुहुन्न । अत: इतिहासमा शोभनीय बनिएका थलोहरुप्रति अत्याचार नगर्न अनुरोध गर्दछु । पेशाले कोहि केही कर्मी होला त्यसैमा रोजि होला तर त्यो रोजिरोटी चित्कारतामा खोज्नुहुन्न । खाने भातै हो अनि जाने घाटै हो बुझी इतिहास कालो कालो विचारले नलेख्नुहोला । सके सुनकै अक्षरले लेखौं । जगेर्ना पनि विकासै हो त्यति बुझौं भन्दै आसपासको कथासँग कीर्तिपुर जोड्न चाहें ।
कीर्तिपुरमा बस्ती हुनुपुर्व सतुंगल छ भन्ने प्रमाण जरुचामा अझै छ । सातवटा इनार जस्तो खाल्डो खनेर जीवनको लागि आवश्यक तत्वको रक्षा गरिएको थियो राजा सत्यब्रतको पाला अर्थात सत्ययुग देखि चन्द्रावती र इन्द्रावती दुई नदिको टुप्पोमा एउटा राज्य थियो जुन हाल सतुंगलले परिचित छ । इतिहासमा मत्स्ये अवतार भगवान विष्णुले लिदा राजा सत्यब्रतलाई बहुमुल्य आवश्यक तत्वहरु रक्षा गर्नु भनिएको थियो र सोही अनुरुप सातवटा तु अर्थात इनार जस्तो खाल्डो खनेर त्यस्मा राखेर रक्षा गरेको थियो । मच्छेगाउँ भनिने ठाउँमा मत्स्ये अवतार र हिग्रीव युद्धले जल तथा अन्य वातावरण  विष बनेको थियो जसको रक्षा सत्यब्रत राजाले गरेको थियो । यो सत्ययुग ताका कीर्तिपुर भूमी साक्षिको रुपमा एक सानो जंगलयुक्त क्षेत्र थियो भने द्वापर युगमा कीर्तिपुर मानवयुक्त बस्ती बनेको कथा छ ।
सतुंगल भन्दा अलिक पर गुम्रचा भन्ने ठाउँ छ जहाँ वाणाशुरको राज्यको निशानी अझै पनि छ । हजार हात भएको शिव भक्त वाणासुरको राज्यमा सबैको जयकार नै थियो । अति बलशाली शिवको अति प्रिय भक्त भएको नाता उसमा अहम् थियो भने सन्तान मोह पनि अति नै थियो । कुनै बेला दह भनी चिनिएको हालको उपत्यका आफ्नै छोरीको लागि वाणाशुरले बनाई दिएको स्विमिङ्ग पुल हो रे । आफ्नी छोरीको जे पनि इच्छा पूरा गरिदिने वाणासुरले महादेवको नाचमा हजार हातले मृदग बजाइ दिने गर्थे रे । एकदिन सपना आफ्नी छोरीले एउटा राजकुमार देख्छे । अनि उनैसँग विवाह गर्छु भनेपछि स्केच कलाकार बोलाएर स्केच तयार गर्दा भगवान श्रीकृष्णको नाति अनुरुद्रको चित्र बन्छ । चित्र अनुरुपकै व्यक्तिलाई वाणाशुरले अपहरण गरेर आफ्नो राज्यमा ल्याउँछ । लुकाई राख्छ । पछि यो कुरा भगवान श्रीकृष्णले चाल पाउँछ अनि केही ग्वाला सहित वाणासुर राज्यमा आई पुग्छ । वाणासुरसँग युद्ध गर्छ । ९९८ हात भाँचेर शरीरबाट अलग गरिदिन्छ तर मृत्युको सजाय दिदैन् । युद्ध जित्छ र छोरीको इच्छाको गरिएको अपराध भएपनि विवाह पछि सुला हुन्छ । वाणाशुर राज्यकै पहुना बनी रहेकै बेला कीर्तिपुर केही ग्वालाहरु सहित घुम्न आएको र थाम्बहाल ती ग्वालाहरुले बस्ती बसालेको कथा छ भने आफ्नै नातीबुहारी सहित फर्किदा स्विमिङ पुलको आवश्यकता नरहेकोले चोभारको गल्छी काटी पानी विस्थापित गरेको कुरा स्वयम्भू पुराणमा उल्लेख छ भनिएको छ भने कीर्तिपुरमै बस्ने ग्वालाको गाइले पशुपतिको उत्खननको कुरा पनि छ । भगवान श्रीकृष्णसँग नफर्किएका ग्वालाहरुले आफ्नो नित्यसत्य कार्यको लागि ग्वा: पुखू बनाईएको थियो । समय बित्दै जाँदा पाँच पाण्डवहरुको वनवास ताका थाम्बहालको एक घरमा बास बस्न आएको थियो । त्यतिबेला अहिले देवढोकामा एउटा राक्षस बकासुरले बच्चाहरु खाएर दु:ख दिन्थे जस्को समाधानको लागि चौरासी व्यञ्जन तयार गरेर लाखे पा: बस्न जाने अर्थात आहार हुने जाने चलन थियो । यो कुरा पाण्डबहरुले चाल पाएर ग्वा: पुखूको पानीबाट चोखिएर भिम चौरासी ब्यञ्जन सहित राक्षसको आहार हुन्छु भनी जान्छ उल्टो बकासुर मारेर त्यही फालेर आउँछ । पछि यहाँका मान्छेहरूले आफुहरुलाई दु:ख दिने राक्षस मरेको देख्दा सिंदुर जात्रा गर्छ जुन हाल सातगाउँले जात्राले प्रख्यात छ । पछि त्यही जात्रामा सात दिदीबहिनीको मेलमिलाप भनिइयो भने बजेट विनियोजन गर्ने दिनको रुपमा पनि लिन थालिइयो । अत: हामीले ग्वा: पुखू भएको थाम्बहाललाई पुज्यनीय मान्नुपर्छ । ग्वा: पुखू भएकै ठाँउबाट उपत्यका बनिईयो भने पशुपति उत्खनन लगायत गंगाजल कीर्तिपुरमै पाईन्छ भन्ने प्रचार प्रचुर मात्रामा गर्नुपर्छ । सबैले पितापुर्खाको योगदानलाई ढोग्नुपर्छ । त्यस्तै खासिबजार अवस्थित मभिं, भिं तथा अन्य पोखरी शिवदेव तृतीयको पाला निर्मित ढोका पोखरी हामीले कदापी कुनै कालखण्डमा बनाउन सक्दैनौं तर स्वरुप नबिगारिकन त्यसको संरक्षण गर्नु हाम्रो जीवन धर्म हो । कसैले आफुखुशी रहर मेटाउने हिसाबले इतिहासको धज्जी उदाउनु हुन्न । पाप लाग्छ । सराप खेप्नुपर्ने हुन्छ । भगवान छैन् के त्यो नसोचौं । मर्ने बेला मुटु भारी हुने काम गर्नुहुन्न यति बुझ्नु पनि जीवनलाई सम्मान दिनु हो ।
अन्तमा पुरिएको ग्वा: पुखू उत्खनन गरेर त्यसको महत्व र इतिहासको प्रचुर मात्रामा प्रचार गरौं । इतिहासमा दखल पर्ने गरि कुनैको अस्तित्वमाथी हस्तक्षेप नगरौं । हिजोकै शैलिमा स्वरुप नबिग्रीने गरि मभिं पुखूको जगेर्ना गरौं विकास त्यही हो बुझौं । पुरातात्त्विक महत्वको विषयलाई आफ्नो इच्छा अनुरुपका रंगहरु नदल्न आग्रह अनुरोध गर्दछु । पलेस्वाँ पुखूमा कमलको फूल खिल्नुपर्छ । विकास त्यही हो । आदिवासी जनजाती हुँ भनी गर्व गर्नलाई संस्कार, सम्पदाको जगेर्ना हुनुपर्छ । कीर्तिपुर हेरि मुस्कुराई आई रहेको पानी कहाँ किन बिलाए त्यसको खोजिनिधी गर्नुपर्छ । हुँदै नभएको पन्ना लेख्न पुन: निर्माण भनिएको कार्य शिलान्यास होईन् भन्न सक्नुपर्छ । पुरातत्व तथा संस्कृति पर्यटन मन्त्रालय अन्तर्गत विनियोजित हुनुपर्ने बजेट मन लागी उपत्यका खानेपानीले किन राख्छ सोच्नुपर्छ । कीर्तिपुरमा पानीको अझै हाहाकार नै छ खानेपानी संस्थानले बुझ्नुपर्छ । मभिं पोखरी ग्वा: पुखू पुरिए जस्तै मनपरी बन्नुहुन्न । बनाउँदा पाप लाग्छ सराप लाग्छ । मनुष्य जन्म सराप खेप्न होईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here