गजल

99
बुढेशकालमा तिमी मलाई दिनू साथ है
फर्की आउनू मेरो राजा सम्झी नाथ है ।।१।।
हातगोडा दुख्छ मेरो जीउ पनि घाउसरि
तिमी आई निको पार्नू तनको बाथ है ।।२।।
तिम्रो यादमा छटपटाई हेर्छु बाटाभरि
सञ्चो छैन मनमा रत्ति गल्छ हाथ है ।।३।।
पुछिदिन्थ्यौ आँसु मेरो गारोसारो पर्दा
तिमी टाढा भइदिँदा झुक्छ मेरो माथ है ।।४।।
धनको रासले मिलेन यो मनमा शान्ति
आउनू बरू सिस्नु खाई बनाउनू गाथ है ।।५।।
२०८० पुस १ गते आइतबार ।
बाबुकाजी सुवाल ‘विकेश निराशी’
चँगुनारायण नपा-२, हनुमानटार, झौखेल, भक्तपुर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here