एन्फाले गर्ने प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई प्रदान

27

काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

प्रतियोगिताको टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो । यस्तै प्रतियोगिता दौरान कुनै पनि पास नबाँड्ने निर्णय पनि बैठकले गरेको छ ।

कूल १८ एजेन्डा रहे पनि सीईओ नियुक्तको विषयलाई मुख्य प्राथमिकताको साथ हेरिएको छ । सीईओ नियुक्त भन्ने शब्द नभएपनि कर्मचारी थप घटको विषयमा एजेन्डामा समावेश छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही सदस्यले सुरुमै असन्तुष्टि जनाएपछि बैठक सुरु हुन नै ढिला भएको थियो ।

ढिलो गरी सुरु भएको बैठकमा कार्यसमित सदस्य पेमा लामा असन्तुष्टि जनाउँदै सुरुमै बाहिरिइन् । लामालाई सम्पर्क गर्दा उनले महिला संघबाट पनि कार्यसमितिमा प्रतिनिधि राख्नुपर्ने आफ्नो मागमा बेवास्ता गरिएकोले बाहिरिएको जनाइन् ।

‘हामीले अन्य संघ जस्तै महिला संघको प्रतिनिधि पनि बैठकमा राख्नुपर्छ भनेर महासचिवलाई पनि भनेका थियौँ ।

म आफू महिला संघको अध्यक्ष भएपनि एन्फाको केन्द्रित सदस्य भएकोले अर्को एक जना प्रतिनिधि राख्न माग गरेका थियौँ । तर अन्य संघको प्रतिनिधि बस्दा महिला संघलाई भने अपमान गरियो ।’ लामाले भनिन् । जहाँ महिलालाई नै सम्मान हुँदै भने त्यहाँ किन बस्ने भनेर म सुरुमै बाहिरिएँ । मलाई आज एकदमै नराम्रो अनुभव भयो ।’

लामालाई बैठकमा बस्न आग्रह गरे पनि उनी निस्किएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here