काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ औं मिनेटमा फोडे कमराले गोल गरेका थिए । यो हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ ।


















