सुनसरी । ईटहरी उपमहानगरपालिका-१७ बस्ने रूद्र श्रेष्ठको महालक्ष्मी ज्वेलर्स पसलको सटरमा लगाएको ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख ४० हजार समेत गरि करिब १५ लाख १ हजार १ सय रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















