काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ।
यसअघि हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।
माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडाैँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
माैसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको अवस्था छ। उपत्यकामा आज दिनभर छिनछिनमा घाम र बादल लाग्ने क्रम चलिरहने अनुमान गरिएको छ।

















