काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोविन्द विक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् । पार्टीको विधान बमोजिम थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।
शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।


















