संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई अघि बढाउनेबारे छलफल

59

काठमाडौं ।  प्रमुख ३ दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ३ दलका शीर्ष नेताहरुको बैठकमा संसद्‌मा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै अगाडि बढाउनेबारे छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार शीर्ष नेताहरुले संक्रमणकालीन न्याय र सोसँग सम्बन्धित विधेयकमा सहमति गर्नका लागि सोमबार पुन: छलफल गर्ने समझदारी जुटाएका छन्। जसअनुसार अपराह्न ४ बजे शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संघीय संसद्‌मा विचाराधीन रहेको छ।

संघीय संसद्‌को कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकका केही प्रावधानबारे टुंगो लगाए पनि विवादित विषयमा शीर्ष तहमा नै सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here