काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको मूल्य कारोबार भएको थियो ।


















